१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सीईडीबी हाइड्रोको आईपीओ आजदेखि खुल्ला


१७ वैशाख, काठमाडाैँ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरिएको हो । आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ता उक्त आईपीओमा छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार १०:११