१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमाले माथिको षड्यन्त्रको प्रतिरोध हुन्छ


-महेश बस्नेत

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री पी एस गुरुङ्गको नेतृत्वमा जन सरोकारका काम गर्दै, आफ्नै गतिमा अगाडि बडिरहेको अवस्थामा, त्यो सरकारको विरुद्ध जनमतले प्रतिपक्षको हैसियतमा बस्न पुगेको काँग्रेस र पद र अवसरवादको खेलमा डुबेर कम्युनिष्ट आन्दोलन समाप्त गर्न लागेको प्रचण्ड र उनको पार्टीको सत्ताका पिपासु अप्रकृतिक गठबन्धन मिलेर अविश्वस्वासको प्रस्ताव सदनमा दर्ता गराए ।

असैध्दान्तिक, अवसरवादी र निकै कमजोर धरातलमा उभिएको त्यो गठबन्धनले जनता समाजवादी पार्टीको केपी ओलीको छायाँ देखेर पनि तर्सने बाबुराम भट्टराई र कांग्रेससंग कुनै सहकार्य गर्न नचहाने राजमोका नेताहरुलाइ समेत अनेक भ्रममा र प्रलोभनमा पारेर सरकारबिरुद्ध उभिन निकै कसरत प्रयास गरे र आफ्ना सबै साँसदहरुलाइ गाई भैंसी सरी महँगो होटल रिसोर्टमाअपहरण शैलीमा थुनेर राखे।

तर ती सत्ता पिपासुले नबुझेको कुरा के हो भने मानव स्वतन्त्रता कसैको जबरजस्तले कैद हुन सक्दैन । र स्वतन्त्र ढंगले आफ्नो अभिमत प्रकट गर्न मान्छेले जस्तो सुकै बिद्रोह गर्न तयार हुन्छ ।

यसै सन्दर्भमा राजमोका सांसद खिमबिक्रम शाही बिरामी भएर अस्पताल बसेको कुरालाई लिएर अस्पताल प्रशासन, उनी स्वमं र उनको परिवारले आफू बेहोस भएर अस्पताल गएको भनेर पुष्टि गरिसकेको सन्दर्भमा केही प्रचण्ड र कांग्रेसद्वारा पालित पोषित मिडिया र सामाजिक संजालका केही अपराधीक प्रवृत्तिका ब्याक्तीहरुले म, अन्य केही नेताहरु र हाम्रो पार्टीको नाम मुछेर जुन बदनाम गराउने प्रयत्न गरिरहेका छन ।

नेपाल सरकारको जिल्लाको जिम्मेवारी लिएर बसेको सिडियो जस्तो जिम्मेवार ब्यक्तिलाई सांसद्कको मुखबाट गाली गलोज गर्ने र भाइरल गर्ने जस्ता अराजक प्रवृत्ति प्रकट गरिरहेका छन।

लोकतान्त्रिक पद्धति अपनाइएका मुलुकमा सम्बन्धित दलहरु सत्तामा जान खोज्नु स्वभाबिक हो । तर त्यस्को लागि एउटा आबधिक निर्वाचन कुर्न नसक्ने अनि सत्ताको फोहोरी खेल खेल्न हर्कतको सुरुवात गर्ने मावोबादी कांग्रेस र तिनका कथित नेताहरुको आदर्शको गन्तब्यहीन मन्तब्यको कुनै तुक र अर्थ छैन। जहाँ सम्म हाम्रो पार्टी र नेताहरुको कुरा छ।

जुन ढंगको चौतर्फि आक्रमण हामी माथी भैरहेको छ त्यसलाइ शसक्त ढंगले प्रतिरोध गर्न हाम्रो पक्ति सक्षम छ। हाम्रा बिरुद्ध आउने जस्तोसुकै जाल झेल र षड्यन्त्र छ त्यसै अनुसार प्रतिवाद र आवश्यकता अनुसार प्रतिरोध गर्न तयार छ । पानी माथिको ओभानो बन्नेहरुको कुनै औचित्य छैन ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १९:२२