६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

यताबाट सुरू गराैँ समृद्धिकाे यात्रा (प्रेमलकुमार खनालका १४ सुझाव)


१. शिक्षालाई सर्बसुलभ बनाअाैँ सरकारी बिद्यालयकाे सुधार गरि बिद्यालयस्तर देखि नै गुणस्तरीय शिक्षालाई फाेकस गराै, उच्च शिक्षाका लागि सामुदायिक क्याम्पस हरु समेत राष्ट्रियकरण गरेर न्युनतम १ निर्बाचन क्षेत्र १ सरकारी बहुमुखी क्याम्पस (राेजगारमुलक प्राबिधिक समेत ) स्थापना गराै। त्रिविबिका क्यापसहरुकाे आमूल सुधार गराै र बार्षिक बजेटको २० प्रतिशत रकम आगामी १० बर्ष सम्म बिनियाेजन गराैँ।
२ सबै पालिकामा सुबिधा सम्पन्न अस्पताल र डाक्टर ,नर्स र स्वास्थ्य सहायक , ओषधी , अत्याधुनिक उपकरण र ल्याबकाे ब्यबस्था गराै।
३.स्वच्छ खानेपानी पिउन पाउने जनताको अधिकार लाई सुनिश्चित गराैँ।
४. सबै पालिकासम्म खाधान्न लगायत दैनिक उपभाेग्यबस्तु बिक्रीवितरण गर्नका लागि खाधसंस्थान, नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङकाे पुन:संरचना गरि शाखा बिस्तार गराै निम्न आय भएकालाई रासन कार्ड बितरण गरि आपूर्तिकाे प्रत्याभूति गराैँ।

५. सबै जिल्ला र शहरी स्थान सम्म साझा यातायातका बस सेवा आरम्भ गरि सिण्डीकेट, एकाधिकार र चर्काे भाडादर तिर्नु पर्ने जनताको बाध्यतालाई अन्त गराैँ।
६. सबै आवास बिहिनहरुलाई जनता आवास याेजनामा सहभागी बनाई आवासकाे हकलाई स्थापित गराैँ।
७. कृषिमा आधुनिकीकरण र ब्यबसायीकरण गर्न जाेड दिदै कृषि सामाग्री र बीउ बिजन कम्पनीको शाखालाई हरेक पालिका सम्म बिस्तार गरि कृषकलाई सेवा प्रदान गराै। माेटरेबल एरियामा ठुल ठुला सरकारीपशु फार्म , फलफुल खेतीकाे आरम्भ गराै। खाधान्न, तरकारी, मासुजन्य, दुग्ध जन्य बस्तुमा आत्मनिर्भर हुने गरि कृषि क्षेत्रकाे बिकास गराैँ।
८. बेराेजगार, गरिब र बिपन्न हरुलाई स्वराेजगार र उधमी बन्न सीप बिकास तालिम प्रदान गरि बैकहरुबाट कृषि ,साना घरेलुु उधाेगमा सस्तो दरकाे ऋण प्रबाह गराै। कृषकले उत्पादन गरेकाे बस्तुकाे बजारको प्रत्याभूति गराैँ।
९. उधाेगका लागि चाहिने कच्चापदार्थकाे आयातमा भन्सार महशुल न्यून गराै। सबै प्रदेशमा ओधाेगिक केन्द्र स्थापना गरि आयात प्रतिस्थापित मेघा उधाेग र सबै पालिकामा ओधाेगिक ग्राम खडा गरि व्यापक राेजगारीका अवसर श्रृजना गराैँ।
१०. सबै पालिका सम्म बिधुतीकरण गरि बिधुतमा आत्मनिर्भर हुने गरि बिधुत उत्पादनमा जाेड दिऊ।
११. प्रत्येक आम्दानी गर्ने नागरिकले १ रुपैयाँ भए पनि राज्यलाई कर तिर्नु पर्दछ भन्ने भावना श्रृजना गर्न सबैलाई करकाे दायरामा ल्याउन प्रगतिशिल कर प्रणाली लागू गराै। कर छुट दिने प्रणाली खारेज गराैँ।
१२. शिक्षा,स्वास्थ्य ,आवास,खाधान्न , खानेपानी ,सार्वजनिक यातायात सेवा र सुबिधाकाे सर्बसुलभताले जनताको बचत क्षमता बृद्दि संगै राष्ट्रिय पुंजी निर्माण र परिचालन दरमा हुने बृद्दीले देश आत्मनिर्भर बन्ने भएकाले यस तर्फ राज्यकाे लगानी केन्द्रीत गराैँ।
१३.सबै श्रमजीवी वर्गलाई जीवन धान्न पुग्ने गरि तलब। ज्याला निर्धारण गराैैँ ।
१४. पार्टीहरु भित्र पनि संगठन बिस्तारकाे अलावा गरिबी,बेरोजगारी र भ्रष्टाचार न्युनीकरण गर्ने कार्य सम्पादनमा आधारित कार्ययाेजना र कार्यशैली अबलम्बन गर्ने र उत्कृष्ट कार्य गर्ने कमिटी र ब्यक्तीलाई मात्र नेतृत्वमा छनौट गर्ने पद्धतिको बिकास गराै। हरेक मन्त्रालय ,बिभाग र स्थानीय तहमा जबाफदेहीपुर्ण , नतिजामुखी , कार्यप्रणालीको अबलम्बन गराैँ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १८:५५