१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आजदेखि बैंकहरू दैनिक ४ घण्टामात्रै खुल्ने


१६ वैशाख, काठमाडाैँ । आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरसहित निषेधाज्ञा जारी भएका जिल्लाका शाखा कार्यालयहरु बैंकहरूले दैनिक ४ घण्टा बैंकिङ्ग सेवा दिने भएका छन । उपत्यकाका बैंकको शाखा कार्यालयहरु १० देखि २ बजेसम्म खुला गरिने छ ।

अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ्ग सेवा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर शाखा खोलिनेछ । नेपाल बैंकर्स संघ सुदूरपश्चिम एकाईले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी जिल्लाहरुमा बैंकहरु बिहान १० देखी १ बजेसम्म मात्रै बैंकको शाखा खुला हुने जनाएको छ ।

बैंकका सबै एटीएम मेसिनहरु खुला रहने छन् । यस्तै निषेधाज्ञाको अवधिभर सकभर अनलाइन कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार ०९:०१