७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आइजी बनाउन एकै व्यपारीको एक करोड लगानी, फुली लगाउनै नपाई पदच्युत भएपछि पैसा फिर्ता


१९ असार, काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक बन्न करोडौँ रुपैयाँ लगानी हुन्छ भन्ने भनाइहरुलाई केही घटनाक्रमले पुष्टि गर्दै लगेको छ । नेपाल प्रहरीलाई इतिहासकै बद्नाम गराउने आइजी नियुक्ति प्रकरणमा एउटै व्यापारीले एक करोड लगानी गरेको खुलासा भएको छ । आइजीमा नियुक्त भएर पनि फुली लगाउन नपाउँदै पद खुस्किएका चन्दले शक्तिकेन्द्रमा बुझाउन एउटै व्यापारीबाट एक करोड लिएको जनप्रहार साप्ताहिकले खुलासा गरेको छ ।

चन्दलाई व्यापारी श्रवण गोयलले आफूसँग लिएको एक करोड फिर्ता गर्न अल्टिमेटम दिएपछि यो कुरा सार्वजनिक भएको हो । यही कारण चन्द अहिले तनावमा परेका छन । पत्रिकाले स्रोतको हवाला दिँदै गत साता व्यापारी गोयलको बत्तिसपुतलीस्थित कार्यालयमा गोयल र चन्दको पैसाको बिषयलाई लिएर भनाभन भएको उल्लेख गरेको छ ।

चन्दले पैसा फिर्ता नदिएपछि गोयलले चन्दलाई तत्काल आफ्नो अफिसमा नआए ठिक नहुँने भन्दै फोनमा थर्काएपछि चन्द गोयलको अफिसमा पुगेका थिए । अफिसमा पुगेका चन्दलाई गोयलले आफु पनि मारवाडीको डन भएको भन्दै पैसा फिर्ता नगरे ठूलो क्षति व्यहोर्नु पर्ने भन्दै जाइलागेका थिए । त्यसपछि चन्दले आरजुले पैसा फिर्ता नगरेको कारण आफूले पैसा फिर्ता गर्न नसकेको भन्दै क्षमा मागेका थिए । अहिले तत्काललाई २५ लाख दिने र बाँकी रकम केही समयमा चुक्ता गर्ने भन्दै सहमती भएको गोयल निकट एक व्यापारीले बताएका छन ।
चन्दलाई तत्कालिन समयमा शेरबहादुर देउवा सरकारले आईजीपी बनाएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशले उनको पद खोसिएको थियो ।

जनप्रहारले प्रकाशित गरेको समाचार

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १८:१५