१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपाल एयरलाइन्सको टिकटको पैसा क्यूआर स्क्यान गरी तिर्न सकिने


१४ वैशाख, काठमाडाैँ । नेपाल एयरलाइन्सको टिकटको पैसा क्यूआर स्क्यान गरी तिर्न सकिने भएको छ । नेपाल बैंक लिमिटेडको सहकार्यमा नेपाल एयरलाइन्सको टिकटको पैसा तिर्न क्यूआर स्क्यान गरे पुग्ने भएको हो ।

यो सेवा सोमबारदेखि लागू भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । निगमको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा सो सम्बन्धी सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमका महाप्रबन्धक डिम प्रकाश पाैडेल (प्रकाश)लाइ क्यूआर कोड हस्तान्तरण गरेर सेवाको शुभारम्भ गर्नुभयाे ।

सो कार्यक्रममा बोल्दै निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले “नेपालको पहिलो विमानसेवा नेपाल वायुसेवा निगम र नेपालको पहिलो बैंक नेपाल बैंकबीच आधुनिक प्रविधिमा आधारित डिजिटल भुक्तानी प्रणाली प्रारम्भ गरेर नयाँ आयाममा
प्रवेश गर्न सकिएको छ” भन्नुभयो ।

उहाँले अहिले भौतीक प्रणाली भन्दा डिजिटल प्रविधिमा आधारित भुक्तानीले व्यापकता पाउँदै गएको सन्दर्भमा नेपाल बैंकसँगको यो प्राविधिक सहकार्यले निगमका यात्रुहरुले घरमै बसी बसी टिकटको भुक्तानी गर्ने थप सुविधा पाउनेछन् भन्नुभयो ।

सोही अवसरमा बोल्नुहुदै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले निगमसँग विगतदेखि नै वित्तीय कारोबारमा सहकार्य हुँदै आइरहेकोमा डिजिटल भुक्तानी सेवा क्यूआर कोड प्रारम्भले थप नयाँ आयाम थपेको
र नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्नुहुदै र स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै अन्य विषयमा पनि मिलेर काम गर्ने धारणा व्यक्त गर्नुभयो।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार २२:२३