७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मलाई थाहा छ मृत्यु सत्य हो त्यसैले त…


-राजन ढकाल
हरेक मान्छेको जिन्दगीको
किताबमा
पहिलो पानामा जन्म
अनि
बिचका पानामा जीवन
(दु:ख,सुख,भोगाई)
र अन्तिम पानामा
मृत्यु लेखेको हुन्छ ।
तर
अगन्तब्यबाट आएको हावाको झोक्काले
एक्कासी मेरो
जीवन लेखेको पाना
मृत्युको पानामाथि
पल्टाएर गयो
मैले
आफ्नै आँखा अगाडी जीवनको
गन्तब्य देखेँ
समाप्ती देखेँ
तर पनि म डराईन
जन्मदा जस्तो रुन पनि रोईन
मलाई थाहा छ
मृत्यु सत्य हो
त्यसैले त
अवाक् म मुस्कुराई रहेँ!!
-लिखु १ ढिकुरे नुवाकोट

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ०८:३३