८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रेस चाैतारीको नेपालको इन्चार्जमा सूर्य थापा


१० वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस चाैतारी नेपालको इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । नेकपा एमालेको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले कार्यविभाजन अनुमोदन गर्दै उहाँलाई प्रेस चाैतारी नेपालको इन्चार्जको जिम्मेवारी थपिदिएको हो । यसअघि उहाँ पार्टीको प्रचार विभागको उपप्रमुख र पर्यटन प्रवर्द्धन विभागको प्रमुख हुनुहुन्थ्यो । त्यसअघि नेकपाकालमा प्रेस चाैतारीको इन्जार्चामा राजेन्द्र गाैतम हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १८:०९