७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेकपा एमालेको पर्यटन प्रवर्द्धन विभागको प्रमुखमा मन्त्री ढकाल


१० वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रदेश नम्बर एकको सहइन्चार्ज रहनु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढढकाल पार्टीको पर्यटन प्रवर्द्धन विभागको प्रमुख हुनुभएको छ । नेकपा एमालेको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले मन्त्री ढकाललाई विभागको प्रमुखको जिम्मेवारी तोकेको हो । ढकाल गत पुसदेखि पर्यटन मन्त्रालयको नेतृत्वमा रहनुभएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १७:५१