१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एकैदिन थपिए २५५९ जना कोरोना संक्रमित, ५ जनाकाे मृत्यु


१० वैशाश,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ७९८ जनाको पीसीआर परीक्षणमा २४४९ र ८६६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । यसैगरी २४ घण्टामा ४१० जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १४,७२४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १६:५५