१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एमालेको तर्फबाट रामबहादुर थापा राष्ट्रियसभाको उम्मेदवार


१० वैशाख, काठमाडौँ । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गर्नुभएको हो । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो । कारबाही गरेपछि थापा राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएका थिए । रिक्त स्थानमा आगामी जेठ ६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १६:४१