१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नैतिकता बेचेर माओवादीका पछि लागेका एमालेका चार सांसदको जागिर चट


१० वैशाख, काठमाडौँ । नैतिकता बेचेर माओवादीका पछि लागेका एमालेका चार सांसदको जागिर चट भएको छ । उनीहरूको सांसदको पद खोस्ने निर्णय नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले गरेको छ । एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

बैठकले कारबाही गरेकामा सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन उनीहरूले नैतिकता बेचेर फ्लोर क्रस गरेका थिए । निर्णय कार्यन्वयनका लागि एमालेले प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १४:१७