१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


१० वैशाख, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै, आज तेजावी सुनको मूल्य  ९१ हजार २ सय रुपैयाँमा काराेबार भएको छ । बिहीबार तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँमा काराेबार भएको थियो ।आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलाको १३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ११:०५