४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

मलेसियाविरुद्ध नेपालको सानदार जित


९ वैशाख, काठमाडौँ । नेपालले मलेसियालाई फराकिलो अन्तरमा हराउँदै सानदार जित हासिल गरेकाे छ ।  राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हाे । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।

 नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले ३–३ विकेट लिए। सुशन भारीले १ विकेट लिए । यसअघि  करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार १६:४७