८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नारायण खतिवडाद्धारा वाइसिएल समेत सापटी लिएर नुवाकोटको पार्टी कार्यालय तोडफोड


-प्रशान्तजंग पाण्डे 

९ वैशाख, नुवाकोट । नेकपा एमाले नुवाकोटको पार्टी कार्यालय तोडफोड भएको छ । एमाले नुवाकोटका पूर्व अध्यक्ष नारायण खतिवडा केही वाइसियल समेत लिएर पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए । सोहीक्रममा केहीबेर प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । खतिवडाले ताला फुटाएर कार्यालयभित्र प्रवेश गरेको र उनीसँगै रहेका कार्यकर्ता रेलिङ समेत भाँचेको छन । उनी ताला फुटाएर कार्यालयमा प्रवेश गरे पनि केहीबेर त्यहाँ टिक्न सकेनन् । उनीहरू बद्री मैनाली अध्यक्ष लेखेको बोर्ड फालेर टेबुलमा लाताले हान्दै हिडेका थिए ।

खतिवडा ताला फोडेर कार्यालयमा प्रवेश गरी पाँच मिनेटमै भागेका थिए । एमालेका नेता कार्यकर्ताले प्रतिकार गर्न खोजेपछि खतिवडा भागेर अहिले सतान्चुली होटलमा बसिरहेका छन । घटनाको बारेमा चासो राख्नदा नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीले पार्टी कार्यालय फुटाएको विषयमा कानुनी उपचार खोज्ने जानकारी दिए । सचिव अधिकारीले अपराधिक मनोवृति भएकाहरूले कार्यालयमा आक्रमण गरेको भन्दै प्रतिकार हुनेभएपछि डरले भागेको बताए । अहिले एमालेको कार्यालयमा व्यपक प्रहरी तैनाथ गरिएको छ । सम्भावति दुर्घटना हुन नदिन पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार १३:४१