६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

नेकपा (एमाले) तेह्रथुम-काठमाडौं सम्पर्क मञ्चको कुनै कार्यक्रम छैनः अध्यक्ष गाैतम


६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) तेह्रथुम-काठमाडौं सम्पर्क मञ्चले  कुनै कार्यक्रम नरहेको जनाएको छ । सोमबार एक विज्ञप्ति प्रकाशन गर्दै मञ्चका अध्यक्ष केदार प्रसाद गाैतमले तेहथुम-काठमाडौं सम्पर्क मञ्च यसअघि नै विधिवत रूपमा गठन भैसकेकोले फेरि गठन गर्ने भन्दै छरिएको भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यसरी पार्टी काम र गतिविधिहरुलाई व्यवस्थित र मर्यादित रुपमा अगाडि बढाइरहेको अवस्थामा केही अमुक व्यक्तिहरुबाट नेकपा (एमाले) पार्टीको नाममा तेहथुम-काठमाडौं सम्पर्क मञ्च गठन गर्ने भन्दै भ्रम छर्ने काम भइरहेको भन्ने सुन्नमा आएको छ । सम्पर्क मञ्च पार्टी विधान र पद्धति अनुसार क्रियाशील रहेको अवस्थामा मञ्चको यस्तो कुनै कार्यक्रम नरहेको ब्यहोरा समस्त मञ्च सदस्य तथा पार्टीका शुभचिन्तकहरुलाई अनुरोध गर्दै यस प्रकारको कुनै हल्लाको पछाडि नलाग्न हुन अनुरोध गरिन्छ । साथै यस्ता गलत प्रवृत्तिका विरुद्धमा एकजुट भई अगाडि बढ्न सबै समक्ष हार्दिक अपिल गरिन्छ ।’

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार २०:४४