७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लुम्बिनी प्रदेशका चार नवनियुक्त मन्त्रीले लिए सपथ, कसले कुन मन्त्रालय पाए ?


६ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । थपिएका ४ मन्त्रीमध्ये ३ जना मन्त्री र १ जनालाई राज्यमन्त्री बनाइएको छ । सन्तोष पाण्डेय भौतिक पूर्वाधार तथा विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री बनेका छन् ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सम्हाल्दै आएका सरकार प्रवक्ता बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना, ग्रामिण विकास तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । पर्यटन मन्त्रालय सम्हाल्दै आएका लिला गिरीलाई आन्तरिक मामिला तथा कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १७:३६