११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

नेकपाका सबै केन्द्रीय सदस्य एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रूपान्तरण


६ वैशाख, काठमाडाैँ । नेकपा एमालेले नेकपा विभाजनको बेला केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पार्टीबाट अलग भएपछि पुस ७ गतेको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।

अब ती सवै राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा रुपान्तरण भएका हुन । एमालेको बिधानअनुसार राष्ट्रिय प्रतिनिधि परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ । यो निर्णयसँगै एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बैशाख १० गते बस्नेगरी स्थगित भएको छ । केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको छ । बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १६:५३