१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

माधव नेपालसहित थप २० जनालाई स्पष्टीकरण सोध्ने नेकपा एमालेकाे निर्णय


६ वैशाख, काठमाडौँ । नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने  निर्णय गरेको छ । सोमबार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा, कुर्मराज शाही र देवी ओलीसहित थप २० जनालाई २ दिनको भित्र अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गते बस्ने बैठकले कारवाही गर्ने बताइएको छ । कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको हाे । यस्तै आजको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय गरेको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १६:४४