८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मलेसियाविरुद्ध नेपालको शानदार जित


६ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै मलेसियालाई ९ विकेटले हराएको हो । कुशल भुर्तेलले त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कुशलले ३ चौका र ५ छक्का मद्दतमा २६ बलमा अर्धशतक पुरा गरेका हुन्।

पहिलो खेलमा कुशलले नेदरल्यान्ड्सविरुद्ध ६२ रनको इनिङस् खेलेका थिए। आसिफ शेख १३ बलमा ३ चौका सहित २२ रनमा खेलि रहेका छन्। मलेसियाले दिएको ११० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाउँदै ७६ रन बनाएको छ। क्रिजमा कुशल ५४ र आसिफ शेख २४ रनमा नटआउट छन्।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १६:१२