६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा नबित्दै मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, आजै चार मन्त्री थपिदैँ


६ वैशाख, काठमाडौँ । अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन्। जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेले मुख्यमन्त्री पोखरेलकै सरकारलाइ साथ दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । सहमतिसँगै मुख्यमन्त्री पोखरेलले आजै दिउसो ४ बजे जसपाका तीन जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी शपथ गराउन लागेका हुन् ।

माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागिएकाे हाे ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १५:३६