१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सोमबार पनि बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


६ वैशाख, काठमाडाैँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज सुनको मूल्य तोलाको  ३ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियाे।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  तोलाको ९० हजार ५ सय रुपैयाँमा काराेबार भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ११:५०