६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

एमाले बनेपछि दाैरा सुरूवालमा बादलको शपथ


५ वैशाख, काठमाडाैँ । एमाले बनेपछि गृहमन्त्रीमा पुनः नियुक्त हुनुभएका रामबहादुर थापा ‘बादल’ ले दाैरा सुरूवालमा पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

सपथ लिन मन्त्री थापा नेपाली पोशाक दौरा सुरुवालमा उपस्थित हुनुभएको छ । यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गर्नुभएको थियो । तर आज एमालेबाट गृहमन्त्री हुनुभएपछि थापा दौरा सुरुवालमा शीतलनिवास पुग्नुभएको हो ।

संसद पदसँगै मन्त्रीबाट पनि मुक्त हुने संबैधानिक ब्यवस्थाअनुसार थापालाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने समारोहमा उपस्थित हुनुभएन ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार २०:२०