१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा २ कम्पनीको ६८ लाख ८५ हजार कित्ता सेयर सूचिकृत


५ वैशाख, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर सूचिकृत भएको छ । आज नेप्सेमा साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको ६८ लाख ८५ हजार २४५ कित्ता सेयर सूचिकृत भएको हो ।

गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तैगरी, साना किसान विकास लघुवित्तको हकप्रद र बोनस सेयर गरी कुल २५ लाख ५७३.५६४२ कित्ता सेयर पनि सूचीकृत भएको हाे।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १७:४३