६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

भिम श्रेष्ठको ‘ओ माई लर्ड’ सार्वजनिक ( भिडियो )


५ वैशाख, काठमाडौँ । गायन र अभिनय मार्फत नेपाली कला क्षेत्रमा क्रियासिल युवा गायक भिम श्रेष्ठले ‘ओ माई लर्ड’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ‘बाबु’ले संगीत संयोजन गरेका हुन्।

गायक श्रेष्ठ र गरिमा शर्मा अभिनित यस भिडियोमा यो जोडीको केमेस्ट्री मिलेको छ। भिडियोलाई दर्शकबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ। अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक श्रेष्ठको आधिकारिक च्यानल ‘भिम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १३:०८