१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालले मृगौलासम्बन्धी सल्यचिकित्साको क्षेत्रमा असाधारण प्रगति गरेको छः प्रधानमन्त्री ओली


४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मृगौलासम्बन्धी सल्यचिकित्साको क्षेत्रमा असाधारण र नमुना योग्य प्रगति गरेको बताउनुभएको छ । शुक्रबार राजधानीमा सुरु भएको नेपाल युरोलोजिकल सल्य चिकित्सक संघको छैठौं वार्षिक हाइब्रिड सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो ।

‘मैले एक वर्षअघि मात्र स्वदेशमै दोस्रो प्रत्यारोपण गरेको थिएँ । म विल्कुल स्वस्थ्य छु र प्रधानमन्त्रीको जस्तो गहन मजिम्मेवारी सम्हाली रहेको छु,’ उहाँको भनाई थियो । प्रत्यारोपण पछिका १३ महिना आफू विना कुनै स्वास्थ्य समस्या काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले आफू सँगै दुवै पटकका मृगौलादाताहरु समेत स्वस्थ्य र सक्रीय रहेको पनि उहाँले बताउनुभयो ।

सल्यचिकित्सा करिब २६ सय वर्षअघि ऋषि श्रुषुतले नेपालमै विकास गरेको प्रशंग उल्लेख गर्दै उहाँले त्यसपछि लामो समय अन्तरमा १३ वर्ष अघि फेरि नेपालमा आएको प्रधानमन्त्रीले बताउनुभयो । सन् १९०२ को असफल प्रयासबाट सुरु भएको मृगौला प्रत्यारोपण १९५४ देखिको पहिलो सफलता र त्यसपछि क्रमशः प्रगति भइरहेके समेत उहाँले उल्लेख गर्नुभयो ।

पहिलो पटक आफ्नो मृगौला प्रत्यारोपण गर्दा देशमा त्यो सुविधा नभएका कारण भारतमा गर्नुपरेका स्मरण गर्दै उहाँले १३ वर्षपछि सुविधा पाएकै कारण नेपालमा सल्यक्रिया गरिएको उहाँले बताउनुभयो । नेपालले पहिलो मृगौला प्रत्यारोपण गरेको १३ वर्षमा ठूला उपलब्धीहरु हासिल गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो । सार्क तथा विश्वका अन्य क्षेत्रका चिकित्सक हरुको अनुभव आदान प्रदानले यस क्षेत्रमा थप प्रगतिको बाटो खोलेको बिचार उहाँको थियो ।

कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा मृगौलासम्बन्धी सल्यक्रियामा लामो योगदान गरे बापत प्राध्यापक डा. अर्जुन देव भट्टलाई जीवनकाल उपलब्धी पुरस्कारबाट सम्मानित गर्नुभएको थियो । यसै गरी नेपाल युरालोजिकल सल्य चिकित्सक संघ लाई निरन्तर सहयोग पुर्याउने भारतीय युरोलोजि विद् डा रविन्द्र बी साबनिस नेपाल युरोलोजिकल संघको मानार्थ सदस्यता प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार ०९:४२