१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वर्षकाे अन्तिम दिन घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


३१ चैत, काठमाडाैँ । यस वर्षकै अन्तिम दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । मंगलबार सुनकाे मूल्य १ सय रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  तोलाको ८९ हजार ५० रुपैयाँमा काराेबार भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार १ सय ५० रुपैयाँमा काराेबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको १२७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार ११:३४