११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

‘हेर्देउन मायाले’मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )


३१ चैत, काठमाडौँ । विल्सन विक्रम राई ( तक्मे बुडा ) र नायिका रजनी गुरुङको मुख्य भुमिका रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक तथा समाजसेवी निमा तामाङको रहेको छ। भद्रकला आङबुहाङ राईको शब्द रहेको यस गीतलाई बादल लिम्बुले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियो विल्सन विक्रम राई ( तक्मे बुडा ), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १०:४३