७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हास्य कलाकार धतुरेले ‘सक्किगोनी’ छाडे, राम्रो ‘म’ बनाउदै


३० चैत, काठमाडाैँ । लामो समय देखि नेपाली हास्य व्यंगमा सक्रिय रहेका हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी ‘धतुरे’ ले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँ टेलिश्रृंखला राम्रो ‘म’ बनाउने भएका छन् । ‘धतुरे’ पात्रको नामले चिनिएका सी पी पुडासैनीले यस अघि पनि हाँस्य टेलिश्रृंखला हरु ‘के जमाना आ’ (नेपाल टेलिभिजन) , ‘क्या जमाना आ’ (एपि वान एच डि) , ‘हे सिटामोल’ (नाइस टेलिभिजन) मा लेखन/निर्देशन गरिसकेका छन ।

माता पिता प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण हुन लागेको यस हाँस्य टेलिश्रृंखलामा कलाकारहरु रामचन्द्र अधिकारी , केशब सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लाम, रुपेश मण्डल, सिताराम श्रेष्ठ, सानु बोगटी, दिपु खड्का र प्रमोद खनाल लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय रहनेछ ।

हाँस्य टेलिश्रृंखला ‘राम्रो’म’ को शिर्ष गीत तयार भएको छ । गीतमा राजेश पायल राईको स्वर, शब्द प्रकाश पुञ्ज र संगीत शशी बिक्रम थापा रहेको छ । बैशाखको अन्तिम साता प्रसारणमा आउन लागेको हाँस्य टेलिश्रृंखलाको टेलिभिजन पार्टनर भने फाइनल नभइसकेको तर युट्युब भने चिरञ्जीवी प्रसाद पुडासैनी च्यानल रहेको सिपिले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ०८:४१