७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रचण्डसँग डिपलभ परेका बिचरा माधव नेपालः पार्टी फूटाउन न आँट छ न त संख्या नै


–किरण देउजा

“उहाँहरु (माधवजीहरु) सके एमाले कब्जा गर्नुहुन्छ, नसके पार्टीमा संघर्ष गर्नुहुन्छ, सके ठुलै मात्रामा, नसके राम्रै संख्यामा साथीहरू लिएर आउनुहुन्छ”। – बुटवलको एक कार्यक्रममा ।

“उहाँहरुलाई घोचेर नबोल्नु/नलेख्नु है, पछि एकै ठाउँमा हुने हो, पार्टी एकता गर्ने हो।” – राजधानीको एक कार्यक्रममा ।

” अदालतले हाम्रो मुद्दा जिताएदिए पछि हामी पुरै रिल्याक्स मुडमा थियौं, लड्डु साटासाट गरेर आनन्द मान्दै थियौं । तर, अदालतले नेकपाको आधिकारिकता कट्टेल जी लाई दियो, एमाले र माओवादी छुट्याइदियो। त्यो निर्णय हाम्रो टाउकोमा ठूलो घनले बजारेको जस्तो भयो”- सिन्धुलीको एक कार्यक्रममा ।

माधव पक्षसँग डिप-लभ छ, चुनावमा काङ्ग्रेस सहितको मोर्चा बनाएर ओलीलाई चौथो बनाउँछौ , हिजोको पत्रकारको चुनाब देख्नुभयो नि, हाम्ले कसरी जित्यौ। ओलीले चौथो बनायौं। अब त्यही गर्ने हो, हामी।

माथिको भनाई / भाषणको संपादित अंश माओवादी अध्यक्ष पुष्पकमल दाहालको हो। गत पुसमा तत्कालीन नेकपाका प्रथम अध्यक्ष तथा प्रम केपी ओलीले संसद भंग गरे, नेकपा कै दाने समूहले (दाहाल-नेपाल) सडक आन्दोलन गयो। (भलै अदालतले विघटन बदर गर्‍यो।) त्यस एता दाहालको अभिव्यक्ति सुन्ने हो भने अत्यन्तै विरोधाभास, छट्पटीले र आक्रोशले भरिपुर्ण देखिन्छ। यस्तो किन देखिन्छ भने :-

१) उनले अरुको बुइ चढेर आफूलाई अग्लो देखाउने कोसिस गरेका थिए।

२) जब आफ्नो खास हैसियतमा आइपुगे त्यसपछिको छटपटाहवट हो।

३) केपी ओलीसँग विभिन्न कुराको बार्गेनिङ गर्दै, घुर्की देखाउदै, सत्ताको भत्ता मैमत्त हुने गरि खानबाट बञ्चित हुनु।

४) तथाकथित आन्दोलनमा जनताहरुले बेवास्ता गर्नु। जनताहरुले बेवास्ता पनि किन नगरुन त! ३ वर्ष सम्म जनता माझ नजानु, सरकारले आफ्नो क्षमताले भ्याएसम्म कोरोना कहरमा काम गर्दा समेत गुटबन्दीमा रमाएर बस्नु। सत्ताको खेलमा लागिरहनु।

५) सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नु, ठूलो कुरा पनि गरिरहनु।

६) र महत्त्वपुर्ण कुरा :- माओवादीको संगठन नै नहुनु।

द्वन्दताका जहाँ पुग्यो त्यही राज्य बाँडेका थिए। जस्तो:- तामाङ बस्तीम पुग्दा- ताम्सालिङ, मगरबस्ती पुग्दा- मगरात, थारु बस्तीमा पुग्दा-थारुहट आदि। संगठन निर्माण गर्न सकेनन् । खासमा एमालेको संगठन भत्काउन मात्र लागे। द्वन्द पछि एमालेले आफ्नो संगठन लगभग पहिलेकै स्थितिमा पुर्‍यायो। काङ्ग्रेस त मास बेस पार्टी हो। एमालेले झैं साधारण र संगठित सदस्य बाड्दैन्। कुनै कमिटीमा बस्न अनिवार्य छैन्, लेबि बुझाउन जरुरत छैन्। बस् महत्त्वपूर्ण घडिमा म काङ्ग्रेस हुँ भन्दिए पुग्छ। काङ्ग्रेसीहरु एक भैदिए। अनि तनाब किन नहोस, दाहाललाई।

यी र यस्तै-यस्तै कारणले दाहालमा छट्पटी देखिन्छ । दाहालले आफ्नो संगठन बनाउदैनन् अरुकै मान्छे चोरेर आफ्नो संगठनमा हाल्छन्। त्यो नजिर २०४८ साल एता प्रष्ट देखिन्छ। दाहालको लोभिपापी पहिचान कसरी गर्छन् भनेर जनमोर्चा नेपालको युवा नेता तथा अनेरास्ववियु (छैठौं) का अध्यक्ष विमल पोखरेलको सटिक विश्लेषण छ। उनले केहि समय अघि गरेको ट्विट यस्तो छ। “प्रचण्डले २०४८ मा मसालका कार्यकर्ताले पार्टी भरे, २०५६ मा वामदेवका कार्यकर्ताले पार्टी भरे, २०७७ मा माधव नेपालका कार्यकर्ताले पार्टी भरे । यिनले तातै खाउँ जल्दै मरूँ भन्नेलाई चिन्छन् र सबैलाई ‘हली’ बनाउँछन् । मान्छेले त्यत्ति पनि बुझ्दैनन् र प्रचण्डको ‘हली’ बन्छन् ।

अब मुल विषयमा नै फर्कौ ।
नेकपा माओवादीका अध्यक्षले यी भलिभातिँ कुराहरु सार्वजनिक मञ्चबाट बोलिरहदा समेत माधवकुमार नेपाल पक्ष आजको दिनसम्म मौन रहनुले ठुलै अर्थ राख्छ। फरक पार्टी भित्र अन्तरद्वन्द सिर्जना गर्न खप्पिस छन् दाहाल । तर खुल्ला रुपमा माधव जी र हामीहरु बीच एकता हुन्छ, पार्टीको नाम समेत परिवर्तन गर्छौ भनिरहेका छन्। यति हुँदा समेत माधवकुमार नेपाल समूह चुक्क समेत बोल्दैनन् , बरु ढुङ्गा बोल्ला।

माधव समुहले यो विषय किन स्पष्ट पार्न चाहदैन? किनभने स्पष्ट पारौ आफुसंगै भएका कार्यकर्ता भड्किने डर नपारौ प्रचण्ड सँग डिपलभ परेको छ। गह्रौ मन पारेर पेरिसडँडा बाट छुट्टीएको पनि धेरै भएको छैन्। र, पार्टी फूटाउन आँट र पर्याप्त संख्या समेत छैन्। महत्त्वपूर्ण समयमा निर्णय लिन नसक्ने नेताहरू छन्। १५ वर्ष सम्म एमालेलाई “आलु” स्टायलको पार्टी बनाउने यिनै नेता होईनन् र? कटवाल काण्डमा प्रमले जे कदम चाले पनि सह्य छ भन्दै चाइना उड्ने अनि फर्किनासाथ प्रमले गल्ती गरे भनेर १८ दलको मोर्चामा सामेल हुने नेताहरू यो विषयमा स्पष्ट पार्छन् जस्तो लाग्दैन्। खैर जे सुकै होस, आफू हिड्ने बाटो चै स्पष्ट पारेकै राम्रो।

अब के गर्लान् माधव-झलनाथ समूह ?

१) नेपाल खनाल गुटले समानान्तर संगठनका नाममा जनवर्गीय संगठन र जिल्लामा कमिटिहरु बनाउँछन l केन्द्र देखि जिल्ला सम्म कार्यालय अलग खोल्ने कोसिस गर्छन् र अधिकाशं जिल्लामा कार्यालय कब्जा गर्ने निहुमा लडाई गर्छन्।

२) कार्यकर्ताहरुमा यति इगो बढाइन्छ कि, एकले अर्कोलाइ स्वीकार्नै नसक्ने अवस्थामा पुर्‍याउछन् र भोलिका दिनमा एकले-अर्काको अनुहार समेत नहेर्ने वातावरण सिर्जना गर्दैछन्।

३) एमालेको १० औं महाधिवेशन नेपाल-खनाल समुहले बहिष्कार गर्नेछन्। तल्लो तहका कार्यकर्ता सम्म नै अलग हुनेछन l यी मध्यका केही-केही ले महाधिवेशनको फोरम उपयोग गरेर भाँडभैलो गर्ने कोशिस गर्नेछन्।

३) त्यतिञ्जेल सम्म नेपाल-खनाल समुहले आधिकारिक एमाले आफु भएको डंका/हौवा पिटिरहनेछन, विद्वान र इमान्दार हामी हौँ भन्ने स्वघोषणा चलाइरहने छन् l

४) महाधिवेशन पछि फेरी एकपटक नेपाल-खनाल समुहले निर्वाचन आयोग लाइ बद्नाम गराउने कोशिस गर्नेछन र बल्ल यो समुहले अर्को पार्टी दर्ता गर्नेछ l

५) तथाकथित वृहत् वामपन्थी एकताको हौवा फैलाउनेछन र नाम मात्रैका केही कम्युनिस्ट नामको नाङ्ग्लो पसल थापेर बसेका दललाइ समेत लिएर वृहत् एकताको नाममा नेपाल-खनाल समुहको पार्टी र पुष्पकमल दाहालको पार्टी वीच एकीकरण हुनेछ l

र, नेपाल-खनाल समुहले अब चै स्पष्ट पार्नैपर्छ, पुष्पकमल दाहालको मामुली कार्यकर्ता बन्ने कि, नयाँ दल खोलेर राजनीति गर्ने वा एमालेमै फर्किने??

(लेखकः नेकपा एमाले सिन्धुपाल्चोकका अधिवेशन आयोजक कमिटीका सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार २०:०४