१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माधव नेपालले भूमाफियाको कब्जामा पुर्याएको जग्गामा सरकारले साइन बोर्ड राख्यो (फोटोफिचर)


२७ चैत, काठमाडाैँ । गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौँको कालोपुल क्षेत्रमा नदिले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गलाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए ।

यसरी भूमाफियाले जग्गको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो । २०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको छ ।

जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिन्ह) राख्न पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान नै चलाइएको बताउनुभयो । देशका विभिन्न ठाउँमा अतिक्रमण भएका जग्गालाई सरकारको नाममा ल्याउने काम भइराखेको पनि बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएका देशभरका सबै जग्गालाई सरकारको नाममा ल्याउने बताउनुभयो । सो अवसरमा रातोपूल क्षेत्रका स्थानीयहरुले भने बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा हिनामिना गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

माधव नेपालले व्यक्तिको नाममा गरेको ८ रोपनी सरकारी जग्गा ओली सरकारद्धारा फिर्ता

अतिक्रमणमा परेका जग्गालाई सरकारको नाममा ल्याउने क्रममा प्रक्रिया पु¥याउँदा केही ढिलो हुने गरेको भएपनि सबै अतिक्रमित जग्गालाई सरकारको नाममा ल्याउने अभियान शुरु भइसकेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो । भूमाफियाको सेटिङमा तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौँको धोविखोला किनारको ८ रोपनी तीन आना जग्गा व्यक्तिको नाममा गराएका थिए । तर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले व्यक्तिको नाममा बनाइएका सरकारी जग्गा सरकारै नाममा ल्याएको हो ।

एक दशकअघि माधव नेपाल र तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठका पालामा २०६७ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत नै गुठीको जग्गामा मोही कायम गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार मोही कायम भई २०७१ कात्तिक ३ गते पूर्णबहादुर थापासहित पाँच जनाको नाममा दर्ता भएको जग्गा सरकारले फिर्ता लिएको हो । सोही जग्गामा शुक्रबार उपप्रधानमन्त्री पोखरेलले साइन बोर्ड राख्नु भएको हो । माधवकुमार नेपाल तीनै व्यक्ति हुन जसले बालुवाटारको ललिता निवासको जग्गामा भूमाफियाको माग बमोजिम बाटो खोलिदिएका थिए । तस्बीरहरूः उपउप्रधानमन्त्री पोखरेलको स्वकीय उपसचिव ध्रुव थपलिया

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार १९:१४