७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सात तस्बीरमा हेर्नुहोस्, सशस्त्र प्रहरीको स्पेशल टास्क फोर्स तालिम


२७ चैत, काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ८ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ । सोही गणमा शुक्रबार आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिमको समापन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै (एसटिएफ)को ट्याग समेत प्रदान गर्नुभयो ।

उहाँले लामो तथा अत्यन्तै कठिन (एसटिएफ) जस्तो विशेष तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिनुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा सम्पादन गर्नुपर्ने जस्तोसुकै कठिन र चुनौतीपूर्ण कार्यहरुमा समेत सशस्त्र प्रहरी कर्मचारीहरुले तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा वहनगर्नुपर्ने विविध जिम्मेवारी सहज ढंगले वहन गर्न तथा भविष्यमा आईपर्ने चुनौतीहरुलाई परास्त गर्न संगठनले यस्ता किसिमका व्यवसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै राज्य, आम नागरिक र संगठनले चाहेको जस्तो कार्यसम्पादन गर्नका लागि तालिमबाट प्राप्त सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको दायरालाई बढाउँदै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक भई उत्कृष्ट कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई त्यसैअवसरमा निर्देशन समेत दिनुभयो ।

उहाँले फौजी संस्कार र पद्धतीमा रहेर आ–आफ्नो तह र तप्काबाट सबैले सामुहिक भावनाकासाथ अनुशासित, इमान्दारितापूर्वक र कर्तव्यनिष्ठ भई गरेको कार्यले सांगठानिक बिकासमा योगदान पुग्नुकासाथै आम नागरिकको मन जित्न सकिने चर्चा गर्नुहुँदै संगठनलाई आजको यस अवस्थामा ल्याई पु¥याउन अग्रजहरुको समेत महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । सोही अवसरमा सो तालिमका प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा खटिई सम्पादन गर्नुपर्ने विविध कठिन तथा चुनौतीपूर्ण कार्यसम्पादनको डेमो समेत प्रस्तुत गरेका थिए ।

सो तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान महेशसिंह धामी र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान वसन्त प्रसाद सुवेदी उत्कृष्ट हुन सफल भएका थिए । १६ हप्ता अवधिको उक्त तालिम तीन जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उक्त तालिममा मेजर तथा माईनर ट्याक्टिस, भिभिआईपी तथा भिआईपी सुरक्षा, जंगल वारफेयर, आतंकवाद तथा प्रतिआतंकवाद, ¥यापलिङ्ग तथा क्लाईम्बिङ्ग, स्वीमिङ्ग, रिभर क्रसिङ्ग, ईन्टेलीजेन्स, मानवअधिकार लगायतका विविध विषयहरुमा प्रशिक्षण दिईएको कुरा सो अवसरमा जानकारी गराईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । तस्बीरहरूः सशस्त्र प्रहरी मुख्यालय

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार १८:४३