७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

लागुऔषधसहित चन्द्रागिरिबाट १ जना पक्राउ


२७ चैत, काठमाडाैँ । नियन्त्रित लागुऔषधसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका २० वर्षीय आश्रय आलमलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फाइल फाेटाे

नागढुङ्गास्थित सुरक्षा चौकीमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख ७१९५ नंको बसमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार १७:४६