११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

स्पेनलाई हराउँदै रसिया पहिलो पटक विश्वकप फुटबलको अन्तिम ८ मा, एकिनफिव बने नायक


१८ असार, काठमाडौं । रसियाले स्पेनलाई टाइब्रेकरमा हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । इगर एकिनफिवले उत्कृष्ट प्रदर्शनको मदतमा रसिया क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । एकिनफिवले कोकोसँगै आसपासको पेनाल्टी रोक्दै रसियालाई ४–३ को जित दिलाएका छन् ।

निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ०७:५६