७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एक्सेल डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?


२७ चैत, काठमाडाैँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । चैत्र २६ गते, बिहीबार बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे १२ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार १२:५९