१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बिएफआइएनले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल


२६ चैत, काठमाडाैँ । साधारण शेयर (आइपिओ) बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गर्नुभएको छ । बिएफआइएनले आज एनआइसी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो । कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार २०:४१