१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ


२६ चैत, रुपन्देही।  रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

गनपतले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार १३:४९