७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिहीबार पनि बढ्याे सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२६ चैत, काठमाडाैँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य तोलामा १ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको  थियाे । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार ११:१८