११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पत्रकार महासंघ नुवाकोटमा बदर मत गणना गरेर विजयी घोषणा, निर्वाचन रद्द गर्न उजुरी


२६ चैत, नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटमा विवाद भएको छ । महासंघमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवारहरूले कानुन अनुसार बदर हुने मत गणना हुन नसक्ने अडान राखेपछि ती सबैलाइ बाहिर राखेर एक पक्षीय रूपमा मतगणना गरी नतिजा सार्वजनिक गरिएको छ । बदर हुने मत गनेर कांग्रेस, माओवादी र गैरपत्रकारको नेतृत्व रहेको प्यानलको विजय घोषणा गरिएको छ ।

प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन र केही स्वतन्त्र उम्मेदवारले तीन तहको मतदान मध्ये जिल्लाको मतदानका क्रममा मतपत्रमा संकेत राखेर मतदान गराइएकाले त्यो बदर हुनुपर्ने माग गरेको छ । ती संगठनका उम्मेदवारहरूले निर्वाचन समितिमा उजुरी नै गरेका छन । यद्यपी निर्वाचन समितिमा रहेका माओवादी कार्यकर्ताहरूले जबर्जस्ती मगगणना गरेका छन ।

अध्यक्षका उम्मेदवार नारायण नेपाल, उपाध्यक्षका उम्मेदवारद्धय नवदिप श्रेष्ठ र रूपा अर्याल, स्वतन्त्र रूपमा कोषाध्यक्षको उम्मेदवार बनेकी गमला लामा र केन्द्रीय परिषद् सदस्यका उम्मेदवार देवचन्द्र भट्टले संकेत भएका मतपत्रको मत बैध मान्न नसकिने बताएका छन । उनीहरूले जिल्लाको निर्वाचन समितिमा गरिएको उजुरीको सुनुवाइ नभएकाले केन्द्रीय निर्वाचन समितिमा उजुरी गरेका छन ।

निर्वाचन आचारसंहिता अनुसार बदर हुने मत गन्न नसकिने अडान राख्दा उपाध्यक्षकी उम्मेदवार रूपा अर्यालमाथि गैरपत्रकारको प्रतिनिधित्व गर्दै महासंघमा उम्मेदवार भएका केहीले हातपात गरेका थिए । त्यसपछि बदर हुने मत गन्न नपाइने अडान राख्ने टोली बाहिरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार ०९:०६