१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाड शुक्रबार हुने


२५ चैत, काठमाडाैँ । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गतेदेखि चैत्र १० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) चैत्र २७ गते शुक्रबार बाँडफाँड हुने भएकाे छ ।

उक्त आईपीओकाे प्रि अलोटमेन्ट बुधबार हुँदैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।


कम्पनीको आईपीओमा  १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ९.३४ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १७:५६