१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पार्टीमा संकट छैन, आफैँले आफैँलाई कमजोर पार्ने काम नगरौँः सभापति देउवा


२५ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता नमिन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ ।  स्वर्गीय नमिन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।

फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताउनुभयो । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिलेही पनि संकटमा नरहेको ठोकुवा गर्नुभयो । उहाँले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। अाज पनि छैन । भोली पनि रहदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउदै गएका छौ । पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन । ”

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले स्वर्गीय जोशीले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १२:२७