८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२५ चैत, काठमाडाैँ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  तोलाको ८८ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ७७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको १२३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार ११:२४