१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णय लोकतन्त्रको उपहासः प्रभु शाह


२५ चैत, काठमाडाैँ । शहरी विकासमन्त्री प्रभु साहले तत्कालीन एमाले र माओवादीको साझा घोषणापत्र र संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि पुष्पकमल दाहाल, प्रचण्डले प्रतिगामी हमला गरेको गम्भिर आरोप लगाउनु भएको छ । जित्ने बेलामा एमालेको पनि मत लिएर हटाउनु अनैतिक र प्रतिगामी भएको बताउनु भएको हो ।

रौतहट क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद साहसहित माओवादीका चार प्रत्यक्ष निर्वाचित सांसदहरुलाई माओवादीले हटाउनका लागि संसद सचिवालयमा पत्र दर्ता गराएको छ । साहले विज्ञप्तिमार्फत निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु नांगो भएको टिप्पणी गर्नुभएको छ ।

‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता–सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख्नेहरुले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिप्रतिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन’, उहाले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

साहले आज विहान सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा–पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसद्लाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद् पुनस्स्थापना पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् । अर्थात् रूपमा अहिलेकै संसद् सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिकरकानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैमा प्रतिगामी कार्य हो ।’

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार ११:२६