१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

समानान्तर कमिटी घोषणाले माधव नेपाल प्रचण्डकै पोल्टामा जाने निश्चित छः सूर्य थापा


२५ चैत, काठमाडाैँ । एमाले केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समानान्तर कमिटीहरुको घोषणाले माधव नेपाललाई अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने टिप्पणी गर्नुभएकाे छ । थापाले केही नेताको कुण्ठा र विखण्डको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभएकाे छ ।

थापाले सामाजिक सञ्जालमार्फत भन्नुभयाे, ‘समानान्तर कमिटीहरुको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने निश्चितप्रायः छ । नेकपा एमाले, जबज र सूर्य चिह्नको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन्, केही नेताको कुण्ठा र विखण्डका पछि लाग्ने भूल कसैले नगरौं ।’ माधव नेपाल पक्षले गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ । अन्य प्रदेशमा पनि कमिटीहरु घोषणाको प्रक्रिया अघि बढेका बेला थापाको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १०:१५