१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ


२४ चैच, काठमाडाैँ । कलाकार तथा निर्मात्री दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। साइबर ब्यूरोले मंगलबार पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हाे ।  वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार मंगलबार पक्राउ गरिएका किशोरले आफ्नो अपराध स्वीकार गरेका छन् ।

उनलाई काठमाडौँ ल्याइने तयारी भइरहेको छ । केही समयअघि कलाकार तथा निर्मात्री दिपाश्री निरौलाले आफ्नो फेसबुक ह्याक भयाे भनेर प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार १६:३२