१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मंगलबार बढ्याे सुनको मूल्य, कति पुग्यो तोलाको ?


२४ चैत, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । मंगलबार सुनकाे मूल्य ३ सय रुपैयाँले बढेर हाे ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।सोमबार छापावाला सुन तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको  थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  तोलाको ८७ हजार ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलाको १२३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार ११:२५