१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

‘फुलबुट्टे सारी’को मोह बढ्दो, पन्जावी गायक लक्कीले पनि गाए (भिडियो)


२३ चैत, काठमाडाैँ । पछिल्लो समय नेपाली संगीतप्रेमी माझ दिनप्रति दिन लोकप्रिय हुदै गएको गीत ‘फुल बुट्टे सारी’लाई अहिले दर्शकले अत्याधिक मन पराइरहेका छन् । उक्त गीतलाई पछिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन् भने उक्त गीतको धेरै चर्चा समेत भएको थियो । अहिले सोही गीतलाई एक पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् । सिद्धुले गायको गीत संसार ब्लग प्रोडक्सनको आधिकारीक युट्युब च्यानलबाट बाहिर आएको छ ।

उक्त गीतलाई यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाइएको छ भने उक्त गीतको भिडियोलाई ३ लाख भन्दा बढिले हेरिसकेका छन् । कोरोनाको कहरका वीच सार्वजनिक यो गीत महिला, पुरुष, चाइल्ड र लेजेण्डरी भर्सन सिद्धुसम्म पुगेको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात निर्माण युनिटले बिभिन्न भर्सनको रुपमा बाँहिर ल्याउँन थालेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १२:२५