१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उरुग्वेसँग २–१ गोलले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो


१७ असार, काठमाडौँ । रसियामा जारी विश्वकपमा उरुग्वेसँग २–१ गोललेले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।
खेलको सातौं मिनेटमा उरुग्वेका लागि कभानीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५५ औं मिनेटमा पोर्चुगलका खेलाडी पेपेले बराबरी गोल फर्काए त्यसकोे ७ मिनेटपछि कभानीले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि क्रिष्टियानो रोनाल्डोको कप्तानी रहेको पोर्चुगल नकआउट चरणबाटै घर फर्किन बाध्य भयो ।

प्रकाशित मिति : १७ असार २०७५, आईतवार ०६:३९