१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआईसी एसिया बैंकले ल्यायाे १ लाख ५ हजार कित्ता सेयर लिलामीमा


२३ चैत, काठमाडाैँ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ५ हजार ८६६ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुला गरेको छ । बैंकले नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेको कुल १ लाख ५ हजार ८६६ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा नेसनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका छ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्।

लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय २९ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४६६ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम मिति चैत ३१ गतेसम्म तोकिएको छ। दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १०:४३