१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

अर्जेन्टिनालाई अन्तिम १६ बाट घर फर्काउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा


१६ असार, काठमाडौँ । दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई अन्तिम १६ बाट घर फर्काउँदै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्यो । फ्रान्सको जितमा १९ वर्षीय युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरे । अब फ्रान्सले अन्तिम ८ मा पोर्चुगल र उरुग्वे मध्ये कुनै एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार २२:०९